काठमाण्डु – निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ । शुक्रबारका लागि तय गरिएको सुनुवाइ उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएका भन्दै संसदीय सुनुवाइ समितिले स्थगित गरेको एमाले सांसद महेश बर्तौला ले जानकारी दिए ।
आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन । उनको उजुरीमा प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्ने उल्लेख छ । प्रधानविरुद्ध त्यसबाहेक अरु उजुरीहरु पनि परेका थिए ।
उजुरीका विषयमा थप अध्ययन गरेपछि मात्र प्रथानको सुनुवाइ गरिनेछ ।
सुनुवाइ समितिले उजुरीकर्तासँग समितिले प्रधानसँगको कुराकानीको अडियो फाइल माग गरेको स्रोतले जानकारी दियो ।




प्रतिक्रिया