काठमाडौं – नबिल बैंक लिमिटेडको प्रबन्धक (म्यानेजर) मा कृष्ण सुवेदी नियुक्त भएका छन् ।
झन्डै दुई दशक बैंकिङ तथा कर्पोरेट क्षेत्रमा काम गर्दै आएका सुवेदी केही दिनभित्रै आफ्नो जिम्मेवारी सम्हाल्ने तयारीमा छन् ।
सन् २०११ मा एनएमबी बैंकबाट बैंकिङ करिअर सुरु गरेका सुवेदी बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (कोकाकोला), एनएमबी, माछापुच्छ्रे हुँदै नबिल बैंकमा पुगेका हुन् । यसअघि सुवेदी माछापुच्छ्रे बैंकका प्रमुख व्यवस्थापन अधिकृत थिए ।
एनएमबीको सेवाबाट बाहिरिनुअघि उपप्रबन्धकको जिम्मेवारीमा रहेका सुवेदीले त्यहाँ प्रमुख संस्थागत बैंकिङ, बाह्य मामिला र सञ्चार सम्बन्धको दायित्व निर्वाह गरेका थिए ।
होटेल, बहुराष्ट्रिय कम्पनी तथा बैंकिङ क्षेत्रमा झन्डै २० वर्षको अनुभव बटुलेका सुवेदीले निजी क्षेत्र र सरकारी संस्थाबीच समन्वय कायम गरेर काम गर्दै आएका छन् । अन्तर्राष्ट्रिय बैंकिङ, अन्तर बैंकिङ व्यवस्थापन र प्रणाली सुधारमा पनि उनको उतिकै अनुभव छ ।




प्रतिक्रिया