काठमाण्डु – राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापा कारबाहीमा परेका छन् ।
ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिएको भन्दै पार्टीले साधारण सदस्यसमेत नहरने गरी पार्टीबाट पदमुक्त गरेको हो ।
आज बस्ने प्रदेशसभाको बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने जनमोर्चाको तयारी छ । सांसद थापा यसअघि पनि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थिए । तर, सर्वोच्च अदालतले उनलाई पुर्नबहाली गरेको थियो ।




प्रतिक्रिया