मोदीले सपथ लिएकै दिन सरकारले दिल्लीबाट पुष्करलाई किन फिर्ता बोलायो ?

मोदीले सपथ लिएकै दिन सरकारले दिल्लीबाट पुष्करलाई किन फिर्ता बोलायो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भारतस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टरको भूमिकामा रहेका सहसचिव कृष्णहरि पुष्करलाई फिर्ता बोलाएको छ ।

पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

पुष्करले श्रम तथा रोजगार विभाग तथा अख्तियार अनुसन्धान आयोगमा तात्कालीन प्रमुख लोकमानसिंह कार्कीको कार्यकालमा प्रवक्ताको जिम्मेवारीमा थिए ।

पुष्करको कार्यकाल पूरा नहुँदै सरकारले फिर्ता बोलाएको हो । पुष्करको कार्यकाल पूरा हुन अझै डेढ वर्ष बाँकी थियो ।

उनी भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय दोश्रो पटक राजदूत भएको समयमा दूतावासमा पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिल्लीमा समथ लिँदै गर्दा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पुष्करलाइ फिर्ता बोलाउने निर्णय भएको जनाएका थिए ।