प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको असार २० र २१ गते संसदीय सुनुवाइ गर्ने निर्णय संसदीय सुनुवाइ समितिको बैठकले गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानमाथिको सुनुवाइ गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रश्तावित असार २० र २१ गतेको मिति पारित गरेको हो ।

२ असारमा बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानलाई सिफारिस गरेको । प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।