कृष्णनगरमा जारी कर्फ्यु हट्यो

कृष्णनगरमा जारी कर्फ्यु हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – बिहीबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फ्यू शनिबार बिहान ६ बजेदेखि हटाएको छ ।

मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अवस्था सामान्य बनेपछि हटाएको हो ।

बुधबार साँझ मूर्ति विसर्जन गर्ने विषयमा कृष्णनगरका दुई समुदायबीच झडप भएको थियो । झडप बढ्ने अवस्थालाई मध्यनगर राखेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

कर्फ्यू लागेको बेला गोली लागेर भारत घर भएका सुरज कुमार पाण्डेको मृत्यु भएको थियो ।

शुक्रबार दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीका मूर्ति बिर्सजन गरिएको थियो भने मृतकको दाहसंस्कार पनि गरिएको छ ।