काठमाण्डु– कीर्तिपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ ।
आज बिहान वर्षासँगै आएको बाढीले बगाउँदा मच्छेगाउँ बसपार्क नजिकका सर्दय लामाको मृत्यु भएको हो ।
ढलको पानी मिलाउन गएका उनलाई बाढीले बगाएको कीर्तिपुर प्रहरीले जनाएको छ ।
बाढीले बगाएका लामाको उद्दार गर्दा मृत्यु भइसकेको बताइएको छ ।




प्रतिक्रिया