काठमाण्डु – नेपाली कांग्रेसले नेकपा माओवादीलाई धोका दिएको छ । सीट बाँडफाँटमा भएको सहमति विपरित कांग्रेसले उम्मेदवार उठाएपछि गठबनधनमा भाँडभैलो मच्चिएको छ ।
सीट बाँडफाँटमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ काठमाण्डुको २, ७ र ९ र प्रदेशतसर्फ क्षेत्र नम्बर ३ को ख, ६ को ख र १० को क पाएको थियो । तर कांग्रेसले ती तीनवटै सीटमा आफ्ना उम्मेदवार उठाएको छ ।
नेकपा एकीकृत समाजवादीले पाएको काठमाण्डु ५ को ख मा पनि कांग्रेसले उम्मेदवार उठाएको छ । यता माओवादी केन्द्रले गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै काठमाण्डु ३ र १० मा प्रतिनिधिसभाका उम्मेदवार कायम राख्दै गठबन्धन ताडेको छ ।
काठमाण्डु ३ मा प्रतिनिधसभामा बद्री बजगाई उम्मेदवार छन् भने प्रदेश १ तर्फ कपिलमणी उप्रेती र २ मा महेश्वर फुयाल उम्मेदवार छन् । सो क्षेत्रमा प्रदेशतर्फ गठबन्धनका आधिकारिक उम्मेदवार फुयाल हुन् । तर कांग्रेसले विमल ठकुरी उठाएपछि माओवादीले तीन वटै उम्मेदवार कायम गरेको छ ।
त्यस्तै काठमाण्डु १० मा पनि माओवादीले पाएको प्रदेशसभामा कांग्रेसले उम्मेदवार उठाएपछि प्रतिनिधिसभामा माओवादी नेतृ अन्जना विशंखले आफ्नो उम्मेदवारी कायमै राखेकी छन् । त्यस्तै प्रदेशमा पनि माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छ ।




प्रतिक्रिया