काठमाण्डु- बागमती प्रदेश सरकारले काठमाण्डु उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको छ । नयाँ बर्षदेखि लागू हुनेगरि बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म तोकिएको छ ।
नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । यता ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।






प्रतिक्रिया