मौन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु

मौन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाण्डु उपत्यका छोडेका छन् ।

मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाण्डु उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।  काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौविस घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन् । त्यो अवधिमा ३५ हजार ६५७ जना यात्रु भने काठमाडौं भित्रिएका छन् ।

यसअघि २७ वैशाखमा ५९ हजार ८१ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए । त्यो अवधिमा भने ४२ हजार ८३२ जना काठमाण्डु उपत्यका भित्रिएका थिए । २६ वैशाखमा ५० हजार ९३० जना यात्रु बाहिरिएका थिए । त्यस्तै २५ वैशाखमा ५५ हजार ७४६ जना यात्रुले काठमाडौं छोडेका थिए ।

भोलि मतदानको दिन पास बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैले बिहीबार रातिसम्म पनि यात्रुहरू काठमाण्डुबाट बाहिरिने क्रम जारी रहने ट्राफिक प्रहरीले जनाएको छ ।