कोशी प्रदेश नामकरणविरुद्ध काठमाण्डुमा प्रदर्शन

कोशी प्रदेश नामकरणविरुद्ध काठमाण्डुमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशको नामकरणविरुद्ध काठमाण्डुमा प्रदर्शन भएको छ ।

फागुन १७ गते कोशी प्रदेश नामकरण गरिएको भन्दै विरोध भइरहेको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले काठमाण्डुको तीनकुनेमा प्रदर्शनसहित सभा गरिएको छ ।

कालोझण्डासहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर, संघीयता पुनः सीमांकन गर लगायतका नारा लगाएका छन् । प्रदर्शनकारीले १ नम्बर प्रदेशको पहिचान मेट्न नपाइने भन्दै फागुन १७ गतेलाई कालोदिनका रूपमा मनाउने जनाइएको छ ।