वायु प्रदूषण नियन्त्रण गर्न माग गर्दै काठमाण्डुमा प्रदर्शन

वायु प्रदूषण नियन्त्रण गर्न माग गर्दै काठमाण्डुमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकासहित देशभर बढेको वायु प्रदूषण नियन्त्रण गर्न माग गर्दै काठमाण्डुको माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ ।

नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले प्रदूषण नियन्त्रणका लागि दबाब दिन प्रदर्शन गरेको छ ।

युनियनका अध्यक्ष नेत्र चापागाईंको नेतृत्वमा प्रदर्शन गर्दै बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँग माग गरिएको छ ।

प्रदर्शनकारीले ‘स्वास्थ्यमाथि खेलबाड बन्द गर, स्वस्थ वातावरण सुनिश्चित गर’, ‘कुखुरी काँ, धुलो खुवा खाँ’, ‘नेता बस्छन् एसीमा, जनता डढेलो धुवाँमा’, ‘अब आँखा खोलौं, वायु प्रदूषण रोकौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

देशभर आगलागी र डढेलोका कारण वायु प्रदूषण बढेको छ । राजधानी काठमाण्डु विश्वकै प्रदूषित शहरको सूचीमा रहेको छ । प्रदूषण बढेका बेला घरबाहिर निस्किँदा मास्क लगाएर मात्र निस्किन चिकित्सकहरूले आग्रह गरेका छन् ।