काठमाण्डुमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

काठमाण्डुमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन् ।

वडा नम्बर १ र २ मतगणना सकिएको र केही वडाको गणना भइरहेको जानकारी दिएको आयोगले पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ४९९ मत ल्याएर अग्रता लिइरहेका बताएको छ ।

‘लौरौले ‘बालेन साह’ले नौ हजार ४९९ मत पाएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाण्डुका प्रेमकुमार श्रेष्ठले भने ।

उनका अनुसार दोस्रोमा रहेर पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले पाँच हजार १९६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४० मत पाएकी छन् ।

यसैैगरी, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८८१ मत पाएका छन् । मतगणना जारी छ ।