काठमाण्डु प्रशासनले लगायो यी स्थानमा २ महिने निषेधाज्ञा (आदेशसहित)

काठमाण्डु प्रशासनले लगायो यी स्थानमा २ महिने निषेधाज्ञा (आदेशसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले विशिष्ट व्यक्तिका निवास र मुख्य प्रशासनिक केन्द्र रहेका स्थानमा २ महिने निषेधाज्ञा जारी गरेको छ ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका ठाउँमा ५ जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न नपाइने गरी आदेश जारी गरेका छन् ।

आदेशमा उल्लेख छ, ‘अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यसअघि सम्मानित अदालतबाट भएको आदेश एवं फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाण्डुको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा निषेधाज्ञा आदेश जारी गरिएको छ ।’

हेर्नुहोस् आदेश –