काठमाण्डु – काठमाण्डु महानगरपालिका नगर सभाको १७औं अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम २ वटा विधेयक स्वीकृत गरेको छ ।
बुधबार भएको बैठकले काठमाण्डु महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाण्डु महानगरपालिका सम्पदा मैत्री भवन संरक्षण एवं निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी दिए ।
उनले बुधबार नगर सभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरू संशोधनसहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् ।




प्रतिक्रिया