काठमाण्डु उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेहरूको संख्या बढ्दो

काठमाण्डु उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेहरूको संख्या बढ्दो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिन्दूहरूको महान पर्व वडादशैंको मुख्य दिन बिहीबार साइतको टीका सकिएपछि सडकहरूमा मानिसहरूको चहलपहल देखिन थालेको छ ।

काठमाण्डु उपत्यका नजिकका जिल्लाबाट काठमाण्डु फर्किने र टीका एव आशीर्वाद लिन हिँडडुल गर्ने मानिसहरूको चाप बढेको छ । ३ दिनयता सुनसान देखिएका काठमाण्डुका सडकमा मानिसहरूको उपस्थिति देखिन थालेको छ ।

सडकहरूमा सवारी चाप बढेको छ । सडकमा हिँडडुल गर्ने मानिसहरूको संख्या पनि बढेको छ । विशेषगरी काठमाण्डुको कोटेश्वर, कलंकी, गंगबु, महाराजगञ्ज साथै भित्री सडकहरूमा पनि मानिसहरूको भीड बढ्दै गएको छ ।

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ । घरमा टीका लगाएसँगै सर्वसाधारण आफन्तकोमा लगाउन जान थालेसँगै चहलपहल बढेको छ ।