भारतको विशेष प्राविधिक टोलीद्वारा बाढी प्रभावित क्षेत्रका सुरुङको स्थलगत निरीक्षण

भारतको विशेष प्राविधिक टोलीद्वारा बाढी प्रभावित क्षेत्रका सुरुङको स्थलगत निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको विशेष प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत निरीक्षण गरेको छ ।

सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्य अगाडि बढाउन विशेष टोलीले स्थलगत निरीक्षण गरेको छ । विशेष प्राविधिक टोली विमानमार्फत शनिबार नेपाल आएको छ । टोलीमा ११ सदस्यीय मेडिकल तथा टनेल रेस्क्यु टोलीका साथै अन्य राहत सामग्रीसमेत ल्याइएको छ ।

यसैबिच भारतले नेपालमा बाढी तथा विपद्पछिको उद्धार कार्यमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ । भारतले मानवीय सहायताअन्तर्गत हालसम्म ५७.५ मेट्रिक टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरिसकेको छ ।

नेपालमा विनाशकारी आकस्मिक बाढी आएपछि भारतले उद्धार तथा राहत कार्यमा आवश्यक प्राविधिक सहयोग, स्वास्थ्य सम्बन्धी जनशक्ति र राहत सामग्री उपलब्ध गराउँदै आएको छ ।