आइतबार काठमाण्डु उपत्यकामा थपिए १५३५ जना कोरोना संक्रमित

आइतबार काठमाण्डु उपत्यकामा थपिए १५३५ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १५३५जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १२२५  ललितपुरमा १४७ र भक्तपुरमा १६३ जना रहेका छन् ।  यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ । शनिबार काठमाण्डु उपत्यकामा  १११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे । जसअनुसार काठमाण्डुमा ८३२ , ललितपुरमा १७६ र भक्तपुरमा १०२ जना रहेका थिए ।