काठमाण्डु उपत्यकामा थपिए ८४३ जना कोरोना संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डुमा ६९६,भक्तपुरमा २९ र ललितपुरमा ११८ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा  थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै काेराेना निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।  देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement