काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डु, ललितपुर र भक्तपुरमा १ सय ८६ जना संक्रमित फेला परेको जानकारी दिए ।
जसअनुसार काठमाण्डुमा १५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आजको संक्रमण हिजोको तुलनामा कम हो । हिजो काठमाण्डु उपत्यकामा ४ सय १५ जना संक्रमित फेला परेका थिए ।




प्रतिक्रिया