काठमाण्डु महानगरमा भोलि भेरोसेलको पहिलो मात्रा खोप दिइने

काठमाण्डु महानगरमा भोलि भेरोसेलको पहिलो मात्रा खोप दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले शुक्रबार कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्ष माथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।

३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा पुगेर खोप लगाउन महानगरले आग्रह गरेको छ ।