काठमाण्डु जिल्ला अदालत बार अध्यक्षमा पौडेल विजयी

काठमाण्डु जिल्ला अदालत बार अध्यक्षमा पौडेल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित भएका छन् ।

उपाध्यक्षमा सार्वाधिक मतका साथ पुरुषोत्तम अधिकारी निर्वाचित भएका छन् । अध्यक्षमा पौडेलले निकटतम प्रतिद्वन्द्वी बागी उम्मेदवार हरि कट्टेललाई ८ सय ४६ मतान्तरले पछाडि पारेका छन् ।

उपाध्यक्षमा अधिकारीले निकटतम प्रतिद्वन्द्वी जीवन कुमार राईलाई ९ सय ७४ मतले हराएका छन् । उनले १ हजार ८९ मत ल्याएका हुन् । ५ पदाधिकारी र १४ सदस्यसहित १९ कार्यसमितिका लागि भएको निर्वाचनमा सबै सिट डेमोक्रेटिक लयर्स एशोसिएसनले जितेको छ ।

अध्यक्षमा पौडेल, उपाध्यक्षमा अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अन्जु रेग्मी अर्याल र कोषाध्यक्ष सन्तोष भण्डारी निर्वाचित भएका हुन् । महिला सदस्य गिता श्रेष्ठ र उमादेवी प्रसाईं निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा भिष्म निरौला, मदन कुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक र हरिराम लामिछाने, चेतनाथ तिमल्सेना, जीवन न्यौपाने, प्रविण हुमागाईं र दिपक कुमार साह विजयी भएका छन् ।