काठमाण्डुको १० क्षेत्रमा २६५ जना चुनावी मैदानमा, काे-काे नेताबीच हुँदैछ भिडन्त ?

काठमाण्डुको १० क्षेत्रमा २६५ जना चुनावी मैदानमा, काे-काे नेताबीच हुँदैछ भिडन्त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको १० वटा निर्वाचन क्षेत्रमा २ सय ६५ जनाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरि २६५ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ ।

काठमाण्डु क्षेत्र नं. १

यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्र मिश्रलाई उठाएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रमा सिंह र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो । थोरै मतले मात्र सिंह विजयी बनेका थिए । विवेकशील साझा पार्टीले शंकर बन्जाडे र राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई उठाएको छ ।

क्षेत्र नं.२

क्षेत्र नं.२ मा विभिन्न दल र स्वतन्त्र गरी ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुन्ती देवी पोखरेल (उपाध्याय), विवेकशील साझा पार्टीको तर्फबाट धनेज थापा र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोविता गौतमले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नंं.३

क्षेत्र ३ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण बहादुर राई, नेपाली कांग्रेसले सन्तोष चालिसे, नेकपा (माओवादी केन्द्र)ले बद्री प्रसाद बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा बिक्रम थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं.४

काठमाण्डु क्षेत्र नं.४ मा विभिन्न दल र स्वतन्त्र गरी ३५ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले राजन भट्टराई, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले डा. ठाकुर मोहन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले अरुण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं.५

यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट ईश्वर पोखरेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राम प्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. प्रणय शम्शेर राणा रहेका छन् ।

क्षेत्र नं.६

यहाँ विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेपका एमालेले सवेन्द्र खनाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले भिमसेन दास प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीले विष्णु प्रसाद आचार्य, विवेकशील साझा पार्टीले अजित खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाललाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं.७

यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेका श्याम कुमार घिमिरे, सत्तारुढ गठबन्दनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह, (मानुषी) यमि भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव विक्रम मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली रहेका छन् ।

क्षेत्र नं.८

यस क्षेत्रमा पनि विभिन्न दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले शिव सुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रकाश रिमाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले जीवन राम श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले विराज भक्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं.९

काठमाण्डु क्षेत्र नं.९ मा विभिन्न दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण गोपाल श्रेष्ठ, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले कल्पना धमला, राष्ट्रिय प्रजातन्त्र पार्टीले देबेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीले टेक बहादुर पोखरेललाई उठाएको छ ।

क्षेत्र नं१०

निर्वाचन आयोगका अनुसार काठमाण्डु क्षेत्र नं.१० मा विभिन्न दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी परेको छ ।उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट हिमेस केसी, नेपाली कांग्रेसको तर्फबाट राजेन्द्र कुमार केसी, नेकपा (माओवादी केन्द्र)को तर्फबाट अन्जना विशंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बलराम थापा, विवेकशील साझा पार्टीको तर्फबाट सनन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रदिप विष्ट रहेका छन् ।