काठमाण्डु– क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ ।
नेपालमा सन् २००७ को डिसेम्बर २ देखि ड्रागन एयरलाईन्सले उडान भर्न सुरु गरेपनि पछिल्लो समय भने सोही कम्पनीको क्याथे प्यासिफिक एयरलाईन्सले हप्ताको पाँच पटक उडान भर्दै आएको थियो ।
क्याथे प्यासिफिक एयरलाईन्सकी नेपाल प्रमुख जुनु मलेखुले आगामी मार्च ३१ देखि हङकङ र नेपालबीचको उडानलाई थप गरी दैनिक एक उडान भर्न लागेको जानकारी दिए ।
कार्यक्रममा क्याथे प्यासिफिकका दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राईकारले क्याथेले सन् २०२५ मा थप नयाँ गन्तव्यमा उडान भर्नेगरी आफ्नो सेवा विस्तार गर्न लागेको हो।
उक्त एयरलाईन्सले आगामी २४ अप्रिलदेखि हङकङदेखि संयुक्त राज्य अमेरिकाको डलाससम्म उडान भर्न लागेको छ ।




प्रतिक्रिया