काठमाण्डु – काठमाण्डुको जोरपाटीस्थित एक घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित ग्यास र पानी निस्किएको हो ।
३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको स्थानीयले बताएका छन् ।बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको र गन्ध पनि ग्यासकै जस्तै आइरहेको स्थानीय नगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको पनि छ । घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया