फोहोर व्यवस्थापनमा कुनै समस्या छैन’


काठमाण्डु –  काठमाण्डु महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् ।

उनले भने, “फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।” प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहर व्यवस्थापन भइरहेको छ । उपत्यकाका १८ स्थानीय तहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो । अहिले निजी र कामपाका करिब दुई सय गाडीले दैनिक फोहर व्यवस्थापन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement