काठमाडौं उपत्यकामा अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी वायुसंगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशकाे पहाडी भूभागमा आ‌ंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेका कारण भिजिबिलिटी केही कम भएको छ भने केही स्थानमा फाट्टफुट्ट पानी परेको छ। कोशी प्रदेशको उत्तरी पश्चिम भूभागमा पनि हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ।काठमाडौं उपत्यकामा मध्याह्यन र अपराह्नपछि वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।