काठमाडौं – देशभरिको मौसम आज(मंगलबार) बिहानैदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिम र पूर्वको तराईका थौरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिनभरजसो देशभरि नै सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले जनाएका छन् । धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मध्य र पूर्वका थोरै स्थान र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा मेघ गर्जनरचट्याङका साथ वर्षा हुने सम्भावना छ। साथै मध्य र पूर्वका एकरदुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।
दक्षिण भारतमा रहेको मनसुनी न्यून चापीय रेखा उत्तर नेपालतर्फ सर्नेक्रममा रहेकाले वर्षाको क्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




प्रतिक्रिया