काठमाडौं – काठमाडौं महानगरपालिकाले राजधानीमा मोनोरेल निर्माण आगामी तीन वर्षभित्र संञ्चालनमा ल्याइसक्ने जनाएको छ ।मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया समेत अघि बढाइसकेको छ।
काठमाडौँ महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको हो । महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाईसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए ।
त्यसैगरी काठमाडौँ महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचिमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न विशेष कार्यको थालनी पनि चालू आर्थिक वर्ष भित्रबाट सुरु गर्ने प्रतिवद्धता पनि जनाएको छ ।




प्रतिक्रिया