काठमाडौँ महानगरले नगरप्रहरीको कोटा ५ सय पुर्‍याउने

काठमाडौँ महानगरले नगरप्रहरीको कोटा ५ सय पुर्‍याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा नगरप्रहरीको कोटा ५ सय पुर्‍याउने भएको छ। आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैँ महानगरले नगरप्रहरीको कोटा ५ सय पुर्‍याउने जनाएकाे हाे ।

हाल महानगरमा ३७५ जनाको दरबन्दी छ। महानगर प्रहरीको जिम्मेवारी बढेको कारण प्रहरी थप गर्न लागिएको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जानकारी दिइन्।

महानगरको क्षेत्रगत विषयको जनशक्तीको अभावलाई तत्काल परिपूर्ति गर्न कुचीकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना र नगर प्रहरी जवान १५१ लाई करार सेवा मार्फत सम्झौता गरी काममा लगाउने जनाएको छ ।

यसका लागि महानगरले ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।