काठमाडौको प्रज्ञा भवनमा नेपाल इन्जिनियर्स एसोसिएसनको मतदान जारी

काठमाडौको प्रज्ञा भवनमा नेपाल इन्जिनियर्स एसोसिएसनको मतदान जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल इन्जिनियर्स एसोसिएसन(एनइइ)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। नयाँ नेतृत्वको लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

१८ सदस्यीय कार्य समितिमा सबै निर्वा्चित हुने व्यवस्था छ। नयाँ नेतृत्वको लागि प्रगतिशीलबाट प्राडा त्रिरत्न बज्राचार्य र लोकतान्त्रिक समूहबाट प्रा हिरेन्द्रमान प्रधान भिड्दैछन्। बज्राचार्य इन्जिनियरिङ अध्ययन संस्थानका डीन हुन भने प्रधान पुल्चोक इन्जिनियरिङ क्याम्पस पुल्चोकका प्राध्यापक हुन्। चुनाव काठमाडौको प्रज्ञा भवन कमलादीमा राखिएको छ । चुनावको समय भने बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तोकिएको छ । नतिजा भने शनिबार साँझसम्म आउने बताइएको छ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सह–कोषाध्यक्षमा चाँदमाला श्रेष्ठ उम्मेदवार बनेका छन्। सोही समूहबाट सदस्यहरूमा प्रताप सापकोटा, छविलाल लामिछाने, शिव चापागाईं, दिलिपकुमार विश्वकर्मा, टेकबहादुर कटुवाल, दिपेन्द्र जम्मकट्टेल छन्। त्यस्तै, ज्ञानेन्द्रप्रसाद कलौनी, गजेन्द्रकुमार झा, चक्र चुडामनि भट्ट, रोशन भट्टराई, अनिल नेपाल र सुगन्ध सुवेदी प्रगतिशील समूहबाट सदस्यका उम्मेदवार बनेका छन्।

प्रधानको समूहबाट अन्य उम्मेदवारमा उपाध्यक्षमा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्युला सिंह, उप महासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपील केसी र सह–कोषाध्यक्षमा जानुका थापा छन्। लोकतान्त्रिक समूहबाट सदस्यका उम्मेदवारमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्यबहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, जोतिमाणि भट्टराई, भेषराम पोखरेल, उमेशप्रसाद चौधरी, सदर्शन भण्डारी र दिनेश अर्याल छन्।

प्रदेश कार्यकारिणीको पनि नयाँ नेतृत्व चयन हुँदैछ। प्रदेश कार्यसमितिका लागि १६ जना निर्वा्चित हुनेछन्। मतदान प्रक्रिया सकिएपछि प्रज्ञा भवनमा नै मतगणना सुरु हुने बताइएको छ। १७ हजार सदस्य रहेको इन्जिनियरहरुको संस्थामा १० हजारको मत खस्ने अनुमान गरिएको छ।