काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले शुक्रबार काठमाण्डुमा शक्ति प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाण्डुमा शक्ति प्रदर्शन गरेका हुन् । त्यसका लागि बिहान ११ बजे काठमाण्डु र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकालिएकाे थियाे ।
माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्केको जुलुस एकीकृत हुँदै रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगिसकेको छ ।











प्रतिक्रिया