उपत्यकाबाट बाहिरिने र प्रवेश गर्ने दुबै ‘सवारी पास’ बन्द

उपत्यकाबाट बाहिरिने र प्रवेश गर्ने दुबै ‘सवारी पास’ बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उपत्यका बाहिर जाने सवारी साधनका लागि दिइने ‘सवारी पास’ बन्द गरेको छ ।

बुधबार गृह मन्त्रालयले अर्को ब्यवस्था नभएसम्मका लागि पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएपछि जिप्रका काठमाण्डुले  बिहिबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

उपत्यकामा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिप्रका काठमाण्डुले उपत्यका प्रवेश गर्ने र बाहिर जाने दुबै ‘सवारी पास’ स्वीकृती रोकेको जानकारी दिएको छ ।

गृह मन्त्रालयले अर्को निर्णय नहुँदासम्म एम्बुलेन्स, खाद्य तथा तरकारी बोक्ने सवारी साधनहरू बाहेक अरू गाडीहरू एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने बताएको छ ।