काठमाडौंमा सालकको खपटासहित दुई जना पक्राउ


काठमाडौं – सोमबार सालकको खपटासहित नयां बजारबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नुवाकोट ककनीका राजन घिमिरे र सोही स्थानका मानबहादुर थापालाई सोमबार साँझ सालकको खपडासहित लैनचौरबाट पक्राउ गरेको हो ।

बा ७९ प १७०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्ने क्रममा मानबहादुरले लगाएको वर्षादीभित्र सेतो कपडाले बेरेर ल्याएको अवस्थामा सालकको १०५ ग्राम खपटा बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आवश्यक कारबाहीका लागि उनीहरूलाई काटमाडौं जिल्ला वन कार्यालय हात्तीसार पठाइने महानगरीय प्रहरी परिसर काठमडौंका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मोहनकुमार थापाले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement