काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौंको न्यूनतम तापक्रम घट्यो


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको जनाएकाे छ।

शनिबार बिहान ५:५० बजे काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार बिहानको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो।

त्यस्तै हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले  जनाएकाे छ। राति भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा आकाशमा बादल हुँदा बिहान न्यूनतम तापक्रम बढी हुने र आकाश खुला हुँदा न्यूनतम तापक्रम केही घटेर केही बढी चिसो महशु‍स हुनेछ।