काठमाडौैं–तराई द्रुर्त मार्ग : काममा ढिलाई भएपछि प्रधानसेनापतिले आयोजना प्रमुख फेरे


काठमाडौं– नेपाली सेनाले काठमाडौैं–तराई द्रुर्त मार्ग आयोजनाका प्रमुखलाई हटाएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार हाल उक्त आयोजनाका प्रमुख रहेका सेनाका प्राविधिक उपरथी योगेन्द्र खाडंलाई हटाएर महासेनानी शरदलाल श्रेष्ठलाई उक्त आयोजनाको जिम्मेवारी दिइएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकोे द्रुर्त मार्गको जिम्मा सेनाले पाएको थियो । हाल सेनाले द्रुर्त मार्गको काम तिव्र रुपमा अघि बढाइरहेको छ ।

सेनाको इन्जिनियर विभागले आयोजना कार्यालय नै खडा गरेर काठमाडौैं–तराई द्रुर्त मार्गको काम हेर्दै आएको छ । विभागका प्रमुख उपरथी खांडले उक्त आयोजनाको जिम्मा समेत आफैै लिएका थिए । उनिमाथी आर्थिक रुपमा अपादर्शी रहेको र काममा ढिलाई गरेको आरोप लाग्दै आएको थियो ।

उपरथी खांडको कामप्रति प्रधानसेनापति पुर्णचन्द्र थापा समेत सन्तुष्ट नभएको बताईन्छ । उनले काममा ढिलाई गरेकोले आयोजनाको जिम्मा महासेनानी शरदलाल श्रेष्ठलाई दिइएको हो । उनि सेनाभित्र सक्षम इन्जिनियरका रुपमा चिनिन्छन् । यसअघि प्रधानसेनापति थापा रथी हुंदा उनकै नेतृत्वमा उच्चस्तरीय समिति समेत वनेको थियो ।

सेनाले आयोजाना समयभित्रै सक्ने दावी गरेपनि पछिल्लो समय विभिन्न कारणले आयोजना निर्माण ढिलाई भएको छ । द्रुर्त मार्गको काम सेनाको प्रतिष्ठासंग जोडिएकाले पनि कुनै पनि हालतमा समयमै पुरा गर्ने दावी सेनाले गर्दै आएको छ ।

सेनाका प्राविधिक उपरथी खांड विदामा बसिसकेका छन् । उनको अवकासको समय पनि भइसकेको बताईन्छ । खांडको ठाउंमा सहायकरथी कमानसिंह प्रधानले उक्त विभागको जिम्मेवारी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement