उपत्यकाका तीन सिडिओको बैठक बस्दै, हट्ला त जोरविजोर प्रणाली ?

उपत्यकाका तीन सिडिओको बैठक बस्दै, हट्ला त जोरविजोर प्रणाली ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज काठमाण्डु उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । आज मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा बस्ने तीन सिडिओको बैठकले उपत्यकामा जारी जोरविजोर प्रणाली हटाउनेबारे छलफल गर्नेछ ।

काठमाण्डु उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रण र जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने काठमाण्डुका सिडिओ गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

उनले ललितपुर र भक्तपुरका सिडिओको फिडव्याक लिएर निर्णयगरिने बताए । शनिवार नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । प्रजिअ हरुको बैठकमा त्यसबारे पनि छलफल हुने उनले बताए ।