काठमाडौं उपत्यकामा असार १ गतेबाट रात्रीकालीन बस सेवा सञ्चालन गरिने


काठमाडौं – यातायात व्यवस्था विभागले काठमाडौंमा असार १ गतेबाट रात्रीकालीन बस सञ्चालन गर्ने भएको छ । यात्रुको आवश्यकता र सेवा सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा ल्याउन लागेको विभागले जनाएको हो ।

रात्रीकालीन बसको भाडा भने दिउँसोको समयमा चल्ने सवारीको भन्दा बढी हुने भएको छ। यातायात व्यवस्था विभागले दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भएपनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम भाडा २२ रुपैयाँ तिुर्न पर्ने बताएको छ। विभागले केहीवर्ष अघि पनि रात्रिकालीन सवारी सञ्चालनमा ल्याएको भए पनि केही समयमै बन्द भएको थियो ।

विभागले हाल उपत्यकामा सञ्चालनमा रहेका बसलाई नै रातको समयमा सञ्चालन गर्ने तयारी गरेको हो । काठमाडौंमा आठ बजेसम्म मात्र सार्वजनिक भाडाका सवारी साधनले सेवा दिँदै आएका छन् । यो सेवाबाट सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुग्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement