काठमाडु – उपत्यकामा फेरी बर्डफ्लू रोग संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालिका १४ नख्खुमा स्थानिय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच सय १६ वटा हाँस, ८५४ वटा लोकल कुखुरा र १५४ वटा बट्टाई नष्ट गरिएको जानकारी दिएको छ ।
यस्तै मन्त्रालयले ९४४ वटा कुखुराको अण्डा र तीन सय ३५ किलो दाना पनि नष्ट गरिएको जनाएको छ । संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको पनि मन्त्रालयले दावी गरेको छ ।




प्रतिक्रिया