उपत्यकाका सीडीओहरूको बैठक बस्दै, देउसी–भैलो खेल्नेबारे निर्णय गरिने

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, देउसी–भैलो खेल्नेबारे निर्णय गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजेपछि उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुको बैठक बस्ने काठमाण्डु जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले काठमाण्डुपाटीलाई बताए ।

उनले तिहारमा उपत्यकाको सुरक्षा मापदण्ड तय गर्न बैठक बस्न लागिएको बताए । देउसी भैलो खेल्नका लागी कस्तो मापदण्ड बनाउने भनेर प्रमुख जिल्ला अधिकारीहरुहरुले गृह मन्त्रालयसँग समन्वय गरेर निर्णय लिने जनाइएको छ ।

साथै स्वास्थ्यका मापदण्डको पूर्ण कार्यान्वयन गराउने सन्र्दभमा पनि छलफल हुने बताईएको छ । बैठकमा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्मा सहभागी हुनेछन् ।