उपत्यकाका तीन सीडीओको बैठक बस्दै, केही क्षेत्रमा कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी

उपत्यकाका तीन सीडीओको बैठक बस्दै, केही क्षेत्रमा कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा थपिने भएको छ । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाण्डु उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

बैठकमा केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने बारे छलफल गरिने काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए ।

संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । काठमाण्डु उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ ।

उपत्यकामा गत वैशाख १६ गतेदेखिको लागू गरिएको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।