काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेका छन् ।
यस्तै शुक्रबार ६ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।




प्रतिक्रिया