ललितपुरका ५ र काठमाण्डुका १ सहित उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

ललितपुरका ५ र काठमाण्डुका १ सहित उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पाटन अस्पतालमा ललितपुरका ३, टिचिङ अस्पतालमा काठमाण्डुका १ र स्टार अस्पतालमा ललितपुरका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

सोमवार देशभर १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् भने हालसम्म संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण नेपालमा ४८ जनाको मृत्यु भइसकेको छ ।