काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार गरिएको परीक्षणका क्रममा काठमाण्डुमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २१ ह्जार ९ पुगेको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै काठमाण्डु उपत्यकामा कोरोना संक्रमणदर बढ्दै गइरहेको छ ।




प्रतिक्रिया