शनिबार काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा विद्युत् प्रभावित हुने (सूचनासहित)

शनिबार काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा विद्युत् प्रभावित हुने (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा विद्युत प्रभावित हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गरी साउन ६ गते बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो।

सूचनाअनुसार बागमती फिडरअन्तर्गत त्यस दिन सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

यस्तै पुल्चोक फिडरअन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास र ठाडोढुंगा क्षेत्र तथा चमती फिडरअन्तर्गत ज्ञान तीर्थमार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारुद खाना क्षेत्रमा विद्युत् बन्द हुने सूचनामा भनिएको छ।