सरकारले ७७ वटै जिल्लाका सिडिओलाई भन्योः कोरोना बढ्यो, सबैखाले भेला रोक्नू

सरकारले ७७ वटै जिल्लाका सिडिओलाई भन्योः कोरोना बढ्यो, सबैखाले भेला रोक्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालय प्रमुखलाई भेला, सभा जुलुसहरु रोक्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण फैलिएको भन्दै सबै जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

साथै उनले काठमाण्डु उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको समेत जानकारी दिए ।सरकारले यसअघि नै नयाँ प्रजातिको कोरोना फैैलिनसक्ने भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।