उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी असोज १ गतेदेखि काठमाण्डु उपत्यकामा विद्यालय खुल्ने भएका छन् ।

कोरोना महामारीका कारण गत चैतदेखि बन्द भएका विद्यालयहरू जनस्वास्थ्यका प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।

आज दिउँसो उपत्यकाका तीन वटै जिल्लाका सिडिओ र उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । काठमाण्डुका सिडिओ कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने बताए ।

विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको÷नभएको भनेर नियमित नियमन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

यो पनि पढ्नुस्

विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजना तयार, कार्ययोजनामा के छ ?