काठमाडौंको सवारी आवागमनमा मंसिर १४ देखि १७ गतेसम्म जोर बिजोर प्रणाली लागू हुने

काठमाडौंको सवारी आवागमनमा मंसिर १४ देखि १७ गतेसम्म जोर बिजोर प्रणाली लागू हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन गइरहेको ‘एसिया प्यासिफिक समिट’का लागि जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा हुन गइरहेको ‘एसिया प्यासिफिक समिट, २०१८’लाई मध्येनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको हो।

समिटका लागि काठमाडौं आउने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनाहरुको सुरक्षा र सहज आवागमनका लागि भन्दै उपत्यकाभर जोर–बिजोर प्रणाली लागू गर्न लागिएको हो।

मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चलाउनु पर्ने महानगरीय ट्राफिक महाशाखाको सूचनामा उल्लेख छ। यसअघि बिम्स्टेक सम्मलेनका दौरानमा पनि यस्तै पद्धति अवलम्बन गरिएको थियो।