झडप भएपछि काठमाण्डु वर्ल्ड स्कुलमा प्रहरी परिचालन

झडप भएपछि काठमाण्डु वर्ल्ड स्कुलमा प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भक्तपुरको सूर्यबिनायक नगरपालिकास्थित काठमाण्डु वल्र्ड स्कुलमा प्रहरी परिचालन गरिएको छ ।

मंगलबारबाट विद्यार्थीहरुबीच सुरु भएको विवाद झडपमा परिणत भएपछि जगाते वृतका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको हाे ।

गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाण्डुबाट गएर कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएको थियो ।

काठमाण्डुबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारवाही नगरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएपछि झपको स्थिती सिर्जना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले जानकारी दिए ।