काठमाण्डु उपत्यकामा वैशाख २९ सम्म निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ? (सूचीसहित)

काठमाण्डु उपत्यकामा वैशाख २९ सम्म निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाको निषेधाज्ञा थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेकाे  बैठकले  वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

खाद्यान्न पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।  यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए ।

निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

बैठकले काठमाण्डु उपत्यका छोड्नु परेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ ।

निर्णयमा उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलसम्म जान दिने उल्लेख छ ।

यस्तै बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्ने निर्णय पनि गरेको छ ।